कार्यबाहक सभापति खड्काले भने– उहाँहरू पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो, अब कारबाही हुन्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा भृकुटीमण्डप भेलाबाट पार्टी विभाजन गर्नेतिर लागेपछि कारबाही प्रक्रिया अगाडि बढेको छ ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मा तथा अन्य केही नेताहरूलाई कारबाहीको तयारी गरेको हो । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, अजयबबु शिवाकोटी, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन र गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्मासहितका नेताहरूलाई कारबाहीको तयारी भएको छ ।
सानेपा पुगेका कार्यकर्तालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी जोगाउन नसकिएको बताएका छन् । खड्काले भने, ‘उहाँहरू पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो । सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो । हस्ताक्षर छाड्छु भन्नुभएको थियो । हस्ताक्षर छोड्न तयार हुँदा पनि निर्वाचन प्रक्रिया रोक्नुभएन ।’
कार्यबाहक सभापति खड्काले भने, ‘उहाँहरू पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो । त्यसैले सहमति हुन सकेन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया