एसबीआई बैंकबाट ३ करोड लुट्ने ४ जना पक्राउ
सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् ।
मंगलबार राति बैंक चोरी भएको थियो । उनीहरूलाई सिन्धुलीको घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीले बताए । उनले ४ जना पक्राउ परेको बताए पनि थप विवरण केही समयपछि दिने उल्लेख गरे ।
नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच÷छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपियाँ लुटेका थिए ।
लुटिएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपियाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया