एसबीआई बैंकबाट ३ करोड लुट्ने ४ जना पक्राउ
सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् ।
मंगलबार राति बैंक चोरी भएको थियो । उनीहरूलाई सिन्धुलीको घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीले बताए । उनले ४ जना पक्राउ परेको बताए पनि थप विवरण केही समयपछि दिने उल्लेख गरे ।
नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच÷छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपियाँ लुटेका थिए ।
लुटिएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपियाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया