सभापति देउवालाई के कारणले ‘लास र सास’ भन्नुभयो गगन जी ? तपाईले सिकेको संस्कार त्यही हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा पार्टी सभापति शेरबहादुर देउवालाई निरन्तर व्यक्तिगत रुपमा प्रहार गरिरहेका छन् ।

पार्टीको विधान विपरीत महामन्त्री थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा भेला भएका छन् । भेलामा जथाभावी बोलेका छन् ।

सभापति देउवालाई महामन्त्री थापाले कहिले सास र लास बोकेर हिँड्न सकिन्न भनेका छन्, कहिले चुनाव लड्न पाइँदैन भनेका छन्, कहिले संरक्षक मात्रै बनेर बस्नुस् भनेका छन्, कहिले टिकटमा हस्ताक्षर गर्न पाइँदैन भनेका छन् । सभापति देउवा भने पार्टी विभाजन नहोस् भनेर सदासयता देखाएर बसेका छन् । यस्तो अवस्थामा सभापति देउवाको मौनतालाई कमजोरीका रुपमा लिएर महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसको सिमाना नघिसकेका छन् । अब कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा तथा उनीहरूका मतियारहरूलाई अनुशासनको कारबाही गर्नुभन्दा अर्को बिकल्प छैन ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गर्न निर्वाचन कार्यक्रम समेत अगाडि बढाइसकेका छन् । कांग्रेसलाई थापा र शर्माले फुटाइसकेका छन् । अब कांग्रेसमा रहनु भनेको थापा र शर्माका लागि नयाँ घर हुनेछ ।

सभापति देउवामाथि थापा र शर्माले व्यक्तिगत रुपमा निरन्तर प्रहार गर्दा समेत कांग्रेसका केन्द्रीय नेताहरू बोल्न डराइरहेका छन् । सभापति देउवालाई लास र सास भनेर दिएको महामन्त्री थापाको अभिव्यक्ति निकै आपत्तिजनक छ । जिउँदो मानिसलाई थापाले जसरी अमापन गरेका छन् त्यसलाई मानवीय सभ्यता भन्न सकिदैन । महामन्त्री थापाले अहिलेसम्म सिकेको संस्कार त्यही थियो ? प्रश्न उठेको छ ।

सभापति देउवासँग राजनीतिक रुपमा धेरै मतभिन्नता होलान् । हुन सक्लान् । तर, महामन्त्री पदमा बसेर थापाले जसरी लास र सासलाई बोकेर हिँड्न सकिदैन भने त्यो वृद्ध सभापतिमाथि भएको अपमान हो । महामन्त्री थापाको दानवता हो ।

महामन्त्री थापाको दानवतालाई अर्का महामन्त्री शर्माले साथ दिइरहेका छन् । थापा र शर्माको यो कार्य कदापि उचित छैन ।

थापामा पलाएको अहँकार, घमण्डले कांग्रेसलाई क्षति पुगेको छ । थापाले सभापतिलाई लास र सास भन्दा भाषण सुन्न जम्मा भएका कांग्रेसका कार्यकर्ताहरूले अझ ताली बजाउँछन् । तिम्रो बुद्धि । भदौ २४ गते हत्या गर्ने उद्देश्यले निवासमा प्रवेश गरेर सभापति देउवामाथि सांघातिक आक्रमण भयो । गम्भीर अवस्थामा उपचाररत सभापति देउवालाई एकशब्द थापा र शर्माले स्वास्थ्य लाभको कामना गरेनन् ।

अहिले आएर सार्वजनिक रुपमा लास र सास भनेर व्यक्तिगत मानमर्दन गरेका छन् । यसको सजाय थापाले भोग्नुपर्छ । त्यही देउवालाई लास र सास भनेर अपमानित गर्ने, त्यही देउवासँग अधिकार चाहियो भनेर माग्न जाने । महामन्त्री थापा र शर्मालाई त्यही लास र साससँग माग्न लाज लाग्दैन ?

Published : Wednesday, 2026 January 14, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया