कांग्रेस केन्द्रीय कार्यालयमा कुतैबाट हस्तक्षेप नहोस् भनेर आएका छौं : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अहिलेको अवस्थामा नेपाली कांग्रेस झन् एकताबद्ध भएर जानुपर्ने समय आएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष गुरुङले नेताहरूलाई पार्टी एकताबद्ध बनाएर लैजान आग्रह गरे ।

उनले भने, ‘नेपाली कांग्रेसलाई अझै पनि हामी चाहन्छौं एकताबद्ध रुपमा लैजानको लागि दुबै पक्षका नेताहरूको बीचमा सम्वाद भइरहेको छ । यो चुनौतिको घडीमा नेपाली कांग्रेस एक भएर जानेछ ।’

‘हामी निकै जटिलपूर्ण अवस्थामा छौं । एकातिर नेपाली कांग्रेसले नियमित महाधिवेनको कार्यतालिका सार्वजनिक गरेको छ,’ उनले भने ।

‘अर्को महामन्त्रीहरूले एकलौटी रुपमा विधान विपरीत विशेष महाधिवेशनको उद्घाटन र बन्दसत्र भएको छ,’ अध्यक्ष गुरुङले भने ।

‘तरुण दलका सदस्यहरू कांग्रेसको केन्द्रीय कार्यालयमा जम्मा भएका छौं । पार्टी एकता भएन र कहिँबाट चलखेल भएको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा कहिँ कतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस् भनेर नेपाल तरुण दल तयारी अवस्थामा छ,’ अध्यक्ष गुरुङले भने ।

Published : Tuesday, 2026 January 13, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया