गगन–विश्वद्वारा देउवाको संवैधानिक अधिकार खोस्न प्रस्ताव, प्रतिशोधपूर्ण घृणाको राजनीतिमा उत्रिए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने माग राखेका छन् ।

मंगलबार कांग्रेस नेतृत्वसँग भएको वार्ता, सम्वाद र छलफलमा गगन–विश्वको तर्फबाट सभापति देउवालाई चुनाव लड्न दिन नहुने प्रस्ताव राखिएको अबैधानिक विशेष महाधिवेशन आयोजक सुवास पोखरेलले बताए ।

महामन्त्रीद्वय थापा र शर्माले संविधानले दिएको मौलिक अधिकारमाथि प्रतिबन्ध लगाउने गरेर सभापति देउवामाथि व्यक्तिगत रुपमा प्रतिशोध लिन उत्रिएका छन् । चुनावमा लड्न नपाउने माग राख्नु भनेको नेपालको नागरिकता खारेज गरे सरह हो । आफ्नै पार्टीको सभापतिमाथि महामन्त्रीद्वय थापा र शर्माको प्रतिशोध निकै निच तहको छ ।

विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने लगायतका प्रस्तावहरू राखेका छन् । यो प्रस्ताव पूरा गर्न कांग्रेस नेतृत्व पक्ष तयार छैन ।

महामन्त्री थापाका ससुरा अर्जुन नरसिंह केसी ७८ वर्षका छन् । ससुरालाई समानुपातिक सूचीमा पहिलो नम्बरमा राख्न थापाले नै प्रस्ताव गरेका छन् । अनि ७९ वर्षका पार्टी सभापति शेरबहादुर देउवाले प्रत्यक्ष चुनाव पनि लड्न नपाउनु पर्ने रे ? जनतामा पुनः परीक्षण हुन पनि नपाउने ? यो कस्तो लोकतन्त्र, कस्तो रूपान्तरण हो ?

मंगलबार राति भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर नेता पोखरेलले भने, ‘हाम्रो तीन वटा बटम लाइन हुन् । नेतृत्व परिवर्तन । आउने चुनावमा सभापतिज्यूले संसदीय चुनाव नलड्ने ।’

‘उहाँ (शेरबहादुर देउवा)लाई रेस्ट दिनु प¥यो । अब उहाँले किताब लेखेर ईतिहाँस लेखाएर कांग्रेसलाई आलोचित गर्न बाँकी छ,’ पोखरेलले भने ।

‘अब उहाँ (शेरबहादुर देउवा)को बुढो शरीरमा धेरै राजनीति पनि गर्नु भएन । उहाँले एउटा सिट जित्नु हुन्छ,’ पोखरेलले भने, ‘समानुपातिकमा पनि शेरबहादुरको मेजुरिटी । कता कता ओलीसँग पनि वार्ता कन्टिन्यू । कांग्रेस उहाँ जितेर आउने ।’

‘समानुपातिक उहाँकै हुने । अनि संसदीय दलको नेता बन्ने । शेरबहादुरले अब संवैधानिक अधिकार खोजेर हुँदैन,’ नेता पोखरेलले भने ।

Published : Tuesday, 2026 January 13, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया