गगन–विश्वले कांग्रेस फुटाउन लागेपछि भृकुटीमण्डमा बिद्रोह, पार्टी बचाउन केन्द्रीय सदस्य कँडेल बाहिरिए

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा नेपाली कांग्रेसलाई विभाजन गर्ने अन्तिम तयारी भएपछि केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले भृकुटीमण्डको भेलाबाट बाहिरिएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले अबैधानिक रुपमा विशेष महाधिवेशनको नाममा बोलाएको भेलाले निर्वाचन कार्यक्रम सार्वजनिक गरेर कांग्रेस विभाजनको अन्तिम तयारी गरेपछि नेता कँडेलले भृकुटीमण्डप भेलालाई बाईबाई गरेर हिँडेका हुन् । उनले आफू कांग्रेस फुटाउन भृकुटीमण्डप भेलामा नगएको बताए । उनले महामन्त्रीहरूबाट अगाडि सारिएका मागहरू उचित लागेर कांग्रेस नेतृत्वलाई दवाव दिएर कार्यान्वयनका लागि गएको बताए । तर, कांग्रेस नै विभाजन गर्ने गरेर गतिविधि भएपछि मन खिन्न लागेर भृकुटीमण्डपको भेलाबाट बाहिरिएको नेता कँडेलले बताएका छन् ।

नेता कँडेलले भने, ‘निर्वाचन कार्यक्रम शुरु गरे । पार्टी टुक्रिने भयो भनेर मेरो मन खिन्न भयो । मलाई टुक्रिएको पार्टीमा पद चहिन्न । टिकट पनि चाहिन्न भनेर हिँडे । पार्टी फुटाउने त्यो भेलामा म अब जान्न ।’

‘अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेसमाथि अट्याक भइरहेको छ । देश र संविधानको रक्षा गर्नुछ । सबैभन्दा धेरै कांग्रेसमाथि प्रहार भइरहेको छ’, नेता कँडेलले भने, ‘अहिलेको अवस्थामा कांग्रेस फुटोस भनेर चाहेका छन् । म फुटेको कांग्रेस हेर्न सक्दिन ।’

नेता कँडेलले भने, ‘सहमति र सहकार्यका साथ मिलेर जानुपर्छ । सबै पक्ष लचिलो हुनुपर्छ । कांग्रेस पार्टी फुटाएर म जाने पक्षमा छैन ।’

‘युवाका धेरै कुरा जायज छन् । शेरबहादुर दाई, पूर्णबहादुर दाईहरूले कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्छ,’ उनले भने, ‘म टुक्रिएको कांग्रेस हेर्न चाहन्न । जुटेको र एकताबद्ध भएको कांग्रेस हेर्न चाहन्छु ।’

नेता कँडेलले भने, ‘फागुन २१ गते चुनाव छ । चुनावको बेला चुनवा चिन्ह कसको भनेर लडेर जानु हुँदैन । कांग्रेस एक भएर जानुपर्छ ।’

Published : Tuesday, 2026 January 13, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया