गगन–विश्वले भृकुटीमण्डप भेलाबाट कांग्रेस विभाजन गर्न लागेका बेला सभापतिसँग जिल्ला सभापतिहरूद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जिल्ला सभापतिहरूले सामूहिक रुपमा भेट गरेका छन् ।
मंगलबार महाराजगञ्जस्थित निवासमा सभापति देउवासँग जिल्ला सभापतिहरूले भेट गरेर पार्टी विभाजन गर्न भइरहेको प्रयासहरूका विषयमा छलफल भएको नुवाकोट कांग्रेसका सभापति रमेश महतले बताए ।
जिल्ला सभापतिहरूले पार्टी एकताका लागि सभापति देउवाबाट विशेष भूमिका खेल्न आग्रह गरेका छन् । सभापति देउवाले पनि आफू पार्टी विभाजन नहोस् भनेर चिन्तित रहेको बताए । सभापति देउवाले सम्वाद गरेर कांग्रेस विभाजनबाट रोक्न नेताहरूलाई खटाएको बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा विशेष महाविधेशन बोलाएर कांग्रेस विभाजन गर्न लागेका छन् । पार्टी विभाजन रोक्न प्रयासहरू भए पनि गगन–विश्वले बालहठ गरेर कांग्रेस विभाजन गराउने तयारीमा पुगेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया