पार्टीलाई फुटबाट जोगाउन विशेष महाधिवेशन पक्षधरहरू उदारताका साथ संवादमा आउनुपर्छ : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीलाई फुटबाट जोगाउन विशेष महाधिवेशन पक्षधरहरू उदारताका साथ संवादमा आउनुपर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले पार्टी विभाजन कसैको हितमा नरहेको बताए । उनले संस्थापन पक्षबाट विभाजनका कुनै कार्य नहुने बताएका छन् ।
‘हाम्रो पार्टीको नेतृत्वको कारणले, हाम्रो कारणले पार्टी फुट्दैन । त्यो (विभाजन) पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन, त्यो हामीलाई राम्रोसँग थाहा छ,’ डा.महतले भने ।
‘त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ पार्टीका सबै साथीहरूलाई एकजुट बनाउन कोसिस गरिरहेका छौँ,’ उनले भने ।
उनले संस्थापन पक्ष लचक र उदार रहेको बताए । प्रवक्ता डा.महतले विशेष महाधिवेशन पक्षधर पनि त्यही उदारताका साथ प्रस्तुत हुनुपर्ने बताएका छन् ।
‘पार्टी एकताको लागि, आम निर्वाचनको मुखमा एकताबद्ध भएर जानको लागि हामी जसरी उदारताका साथ प्रस्तुत भएका छौँ, त्यही उदारताका साथ उहाँहरू आउनुपर्छ,’ उनले भने ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया