गगन–विश्वले कांग्रेस विभाजन गर्न लागेपछि महाधिवेशन प्रतिनिधिहरू बन्दसत्रबाट बाहिरिन थाले

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्न लागेपछि असन्तुष्टि जनाउँदै धेरै महाधिवेशन प्रतिनिधिहरू चिन्तित बनेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माको व्यक्तिगत स्वार्थका कारण कांग्रेस विभाजन हुन लाग्यो भनेर करीव २ सय महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डप छाडेका छन् । कांग्रेस बचाउन भन्द अरु धेरै महाधिवेशन प्रतिनिधिहरूले पनि बन्दसत्र छाड्न लागेको महाधिवेशन प्रतिनिधिहरूले नै बताएका छन् । बन्दसत्र छाडेर महाधिवेशन प्रतिनिधिहरू धमाधम हिड्न लागेपछि आयोजकहरूलाई चिन्ताको विषय बनेको छ ।

महामन्त्रीद्वय थापा र शर्माको भित्री कुरा पनि महाधिवेशन प्रतिनिधिहरूले थाहा पाएका छन् । भागबण्डाको राजनीतिका लागि बार्गेनिङ गर्न अबैधानिक रुपमा विशेष महाधिवेशन बोलाएर थापा र शर्माले पार्टी विभाजनको गतिविधि गरेपछि महाधिवेशन प्रतिनिधिहरू रिसाएका छन् ।

शुरुदेखि कीर्ते हस्ताक्षर अभियान चलाएक थापा र शर्माले अहिले पनि महाधिवेशनस्थलमा आउँदै नआएका महाधिवेशन प्रतिनिधिहरूको नाममा हस्ताक्षर गरेर फेक तथ्याङ्कहरू दिइरहेका छन् ।

Published : Tuesday, 2026 January 13, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया