गगन–विश्वले प्रदेश प्रतिनिधिद्वय एलिजा र बिन्दालाई कीर्ते महाधिवेशन प्रतिनिधि बनाएर हलभित्रै राखे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक विशेष महाविधेशनमा प्रदेश प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि भनेर हस्ताक्षर गराएर हलमा राखिएको खुलासा भएको छ ।
परिवर्तन, विधि र पद्धतिको कुरा गर्दै आएका महामन्त्रीद्वय थापा र शर्माले आफ्नो व्यक्तिगत स्वार्थका लागि जे पनि गर्छन् भन्ने कुराको पुष्टि भएको छ । तनहुँ कांग्रेसबाट प्रदेश प्रतिनिधि रहेकी एलिजा ढकाल र ओखलढुङ्गा कांग्रेसबाट प्रदेश प्रतिनिधि बिन्दा बोगटीले आफूलाई महाधिवेशन प्रतिनिधि भनेर गगन–विश्वको अबैधानिक विशेष महाधिवेशनको झोला बोकेर हिँडेका छन् । उनीहरूले आफूलाई महाधिवेशन प्रतिनिधि बताउँदै मिडियामा अन्तर्वाता दिँदै हिँडेका छन् ।
हुन त गगन–विश्वको अबैधानिक विशेष महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रचारमा हिँडेका टंक लम्साल पनि महाधिवेशन प्रतिनिधि बनेर निकै तामझामका साथ गतिविधि गरिरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया