शेरबहादुर सभापति नबन्ने निश्चित छ, गगनले हतार गर्दा कांग्रेसलाई ठूलो क्षति भयो : त्रिपाठी
काठमाडौं । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले नेपाली कांग्रेस जस्तो ठूलो पार्टीको महामन्त्री भएकै कारण आम जनताको नजरमा परेको टिप्पणी गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत त्रिपाठीले कांग्रेसको विधान र पद्धति बाहिर गएर थापाले प्रधानमन्त्री र सभापति बन्न हतार गरेको बताए ।
उनले भने, ‘गगन थापाजी ठूलो पार्टीको महामन्त्री भएकोले आम जनताको आखामा परेका हुन् ।’
‘यिनको प्रस्तुति कला झण्डै महामन्त्री विश्वप्रकाश शर्माकै जस्तो राम्रो छ । कांग्रेसको संस्कार र संस्कृतिभन्दा पृथक भएकै हुनाले गगनले आफूभन्दा धेरै सिनियर नेताहरूलाई उछिनेर उच्च पदीय जिम्मेवारी पनि पाएका हुन,’ राजनीतिक विश्लेषक त्रिपाठीले भने ।
‘यिनको महत्वाकांक्षाको बेग र हतारोलाई हेर्दा केटाकेटीमै प्रधानमन्त्री र पार्टी सभापति बन्ने सपना बुनेर अघि बढेजस्तो देखिन्छ,’ राजनीतिक विश्लेषक त्रिपाठीले भने, ‘तर नेपाली राजनीतिमा अति महत्वाकांक्षी मानिसले सधै खति मात्र पु¥याएको दृष्टान्त छ । उदाहरणका लागि तुल्सी गिरी, बाबुराम, प्रचण्ड आदि ।’
राजनीतिक विश्लेषक त्रिपाठीले भने, ‘शेरबहादुर देउवा अब पार्टी सभापति नबन्ने शतप्रतिशत निश्चित हुँदाहुँदै पनि गगनले नेतृत्व हातपार्न दर्शाएको हतारोले कांग्रेसलाई धेरै ठूलो क्षति पु¥याएको छ । तीन महिनापछि देउवालाई स–सम्मान बिदाइ गर्न पाउने अवस्था भएर पनि गगनले जे गरे यसले गम्भीर आशंका पैदा गरेको छ ।’
‘सिनियरलाई सताउने र विधान लत्याउने जुन मार्ग अबलम्बन भएको छ, यही परम्परा बस्यो भने भोलि आफूले भोग्ने परिणति पनि ठ्याक्कै यस्तै हुने हो भन्ने हेक्का राख्ने हो कि,’ त्रिपाठीले भनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया