गगन–विश्वले कांग्रेस फुटाउन लागेपछि उचित निर्णय लिन केन्द्रीय समिति आह्वान
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्षेत्राधिकार बाहिर गएर विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टी विभाजन गर्न लागेपछि उचित निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
मंगलबार पार्टी कार्यालय, सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले आह्वान गरेको अबैधानिक विशेष महाधिवेशन अर्थात् भेलाले कांग्रेसलाई विभाजन गर्न लागेको छ । थापा र शर्माको यो गतिविधिका विषयमा उचित निर्णय लिन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
कांग्रेसलाई विभाजनबाट रोक्न सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग सोमबार दिनभरि परामर्श गरेका छन् । सभापति देउवाले कांग्रेसलाई विभाजन गर्न दिन नहुने पक्षमा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया