गगन–विश्वको भेलामा डा.कोइराला पनि नजाने, सभापतिलाई पनि नजान सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन (अबैध/भेला)मा नजाने बताएका छन् ।

सोमबार बिहान काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न आएका जिल्ला सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरूसँगको भेटमा नेता डा.कोइरालाले आफू विशेष महाधिवेशनमा नजाने बताएका हुन् । डा.कोइरालालाई विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूले आग्रह गरेपछि आफू पनि नजाने र सभापति शेरबहादुर देउवा पनि विशेष महाधिवेशनमा जान नहुने बताए ।

उनले भने, ‘मैले एकदम स्पष्ट रुपले भनेको छु । तपाई साथीहरूले भन्नु भयो तपाई जानुपर्छ भनेर, म जानेवाला छैन । जाने भनेको मिलेर जाने हो । मैले सभापतिजीलाई पनि भनेको छु । कार्यबाहक सभापतिजीलाई पनि भनेको छु । गगन र विश्वलाई पनि भनेको छु । गुरु घिमिरेलाई पनि भनेको छु ।’

‘यो पनि तिमीहरूले लेख्नु चाहिएको कुरा थोरै, के के कुरा आउँछु ? त्यो लिखित रुपमा पाउनु प¥यो । त्यो थाहा भइसकेपछि हामी सल्लाह गरेर जान्छु । म मात्रै जाने होइन । म मात्रै गएर केही हुने होइन,’ नेता डा.कोइरालाले भने ।

‘शेखर कोइराला त्यहाँ गएर ग्रुपसँग मिसिने हो । सभापतिजी जानु हुँदैन भन्ने लाग्छ, मेरो आफ्नो धारणामा । पूर्णजीको ग्रुपलाई लिएर हामी जानु पर्छ । त्यो सबै कुरा मिल्यो भने मात्रै जाने हो,’ उनले भने ।

‘म एग्रेसिभली रुपमा लागेको छु । साथीजीहरूसँग छलफल गरिरहेको छु । पूर्णजीसँग पनि हिजो राति कन्ट्याक्टमा थिएँ । हामी सबै मिलाउन लागिरहेका छौँ,’ डा.नेता कोइरालाले बताए ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टीको विधान विपरीत विशेष महाधिवेशन आह्वान गरेका छन् । उनीहरूको विशेष महाधिवेशन अबैधानिक रहेको भन्दै ८० प्रतिशत महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरू सहभागी भएका छैनन् ।

Published : Monday, 2026 January 12, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया