अबैधानिक विशेष महाधिवेशनमा ‘नेपो ज्वाइँ’ र ‘नेपो ससुरा’को आकर्षक प्रेम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र उनका ससुरा अर्जुन नरसिंह केसी अबैधानिक विशेष महाधिवेशनको मञ्चमा सँगै बसेका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डमा आयोजित अबैधानिक विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा थापाले नेपो बेबीको कुरा उठाएर नेताहरूको आलोचना गरेका छन् । आफ्नै ७८ वर्षीय ससुरा केसीलाई कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेर महामन्त्री थापाले के गरेका हुन् ?

नेपो बेबी भनेर आलोचना गर्ने थापालाई ‘नेपो ज्वाइँ’ र केसीलाई ‘नेपो ससुरा’ भनेर कांग्रेसमा नामाकरण गरेका छन् । कांग्रेस र देश बदल्छु भनेर हिँडेका महामन्त्री थापाले सबैभन्दा पहिला त आफैले कांग्रेसको विधान विपरीत अबैधानिक रुपमा विशेष महाविधेशन बोलाएका छन् ।

महाधिवेशनमा आफूसँग महामन्त्री थापाले ससुरा केसीलाई राखेका छन् । परिवारका सदस्यहरूलाई अगाडि पछाडि राखेर थापाले परिवर्तन गर्न खोजेका छन् भनेर व्याङ्ग्य समेत भएको छ ।

उनले भने, ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतले गगन थापा र अर्जुन नरसिंह केसीलाई नेपो ज्वाइँ र नेपो ससुरा भनेर नामाकरण गरिदिएका थिए । अबैधानिक विशेष महाधिवेशनको मञ्चमा महामन्त्री थापाको परिवारवाद प्रष्टै देखियो ।

‘आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो । त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए,’ थापाले भने ।

‘त्यो सरकारमा को थियो ? हामी थियौं । उनीहरू संसदसँग रिसाएका थिए । त्यो संसदमा को थिए ? हामी थियौं । उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्,’ थापाले भने ।

Published : Sunday, 2026 January 11, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया