गगन–विश्वको अबैध भेलामा कांग्रेसको झण्डा, चुनाव चिन्ह रुखको दुरुपयोग

काठमाडौं । विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको अबैधानिक भेलामा नेपाली कांग्रेसको झण्डा, चुनाव चिन्ह रुख र छाप दुरुपयोग गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा अनुशासनहीन बनेपछि कांग्रेसमा भाँडभैलो भएको छ । कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्हलाई दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयको नामबाट दुरुपयोग भएको छ । सचिवालयका संयोजक मनोजमणि आचार्यले नेपाली कांग्रेस दोश्रो विशेष महाधिवेशन– २०८२ भनेर चारतारे झण्डा र चुनाव चिन्ह रुखको दुरुपयोग गरेका हुन् ।

विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मात्रै छ । व्यक्तिगत स्वार्थका लागि महामन्त्रीद्वय थापा र शर्माले पार्टीको विधान विपरीत विशेष महाधिवेशन आह्वान गरेर अबैध रुपमा काठमाडौंको भृकुटीमण्डमा भेला गर्न लागेका छन् । थापा र शर्माले पुस २७ र २८ गते दुई दिन अबैधानिक भेला गरेर कांग्रेसलाई विभाजन गर्न लागेका छन् । उनीहरूको अपराधमा संलग्न नहुन गाउँका कार्यकर्ताहरूले अपील समेत गरेका छन् ।

भदौ २३ र २४ मा सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण गरेर हत्या प्रयास भयो । गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका बेला स्वास्थ्य लाभको कामना समेत नगरेर महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवालाई हटाएर कांग्रेस कब्जा गर्न खोजेका थिए । मावनीय समवेदना समेत नदेखाएका महामन्त्रीद्वय थापा र शर्माले विदेशी तत्वहरूको उक्साहटमा कांग्रेस विभाजन गर्न अबैधानिक भेला गरेका छन् ।

भेलाको तयारी र व्यवस्थापनमा करोडौं रुपियाँ खर्च भएको छ । नाम दर्ता गर्न १ हजार शुल्क लिने संयोजक आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

Published : Sunday, 2026 January 11, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया