सिङ्गो डोल्पा कांग्रेस गगन–विश्वको विशेष महाधिवेशन र पार्टी विभाजनको विपक्षमा उभियो
काठमाडौं । नेपाली कांग्रेस, डोल्पाका महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पार्टी फुटाउने गतिविधिप्रति असहमति राख्दै नियमित महाधिवेशनको पक्षमा उभिएका छन् ।
शनिबार डोल्पा कांग्रेसका १५ जना महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रुपमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्र बुझाएर कुनै पनि पक्षलाई सहयोग गर्ने गरेर आफूहरूले हस्ताक्षर नगरेको जनाएका छन् । उनीहरूले आफूहरू पार्टीको नियमित महाधिवेशन र फागुन २१ को निर्वाचनका विषयमा केन्द्रित रहने जनाएका छन् ।
महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीद्वय थापा र शर्माले पार्टीको विधान विपरीत व्यक्तिगत रुपमा विशेष महाधिवेशनको नाममा अबैधानिक भेला बोलाएका छन् । भेलाबाट कांग्रेस विभाजन गर्ने थापा र शर्माले गतिविधि गरिरहेका बेला डोल्पाका सबै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया