सिन्धुपाल्चोकमा दुईतिहाई महाधिवेशन प्रतिनिधिद्वारा गगन–विश्वको कांग्रेस विभाजन गर्ने अबैध गतिविधि अस्वीकार
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधान विपरीत विशेष महाधिवेशनको नाममा अबैधानिक भेला बोलाएपछि नेपाली कांग्रेस, सिन्धुपाल्चोकका दुईतिहाई महाधिवेशन प्रतिनिधिहरूले अस्वीकार गरिदिएका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा ५४ महाधिवेशन प्रतिनिधि छन् । सभापति जंगबहादुर तामाङसहितका मुस्किलले १५ जना महाधिवेशन प्रतिनिधिले अबैधानिक विशेष महाधिवेशनको पक्षमा सहभागिता जनाउनेछन् । सभापति तामाङले झुक्काएर हस्ताक्षर गराएका महाधिवेशन प्रतिनिधिहरूले पनि हस्ताक्षर फिर्ता लिएका छन् ।
शनिबार हस्ताक्षर फिर्ता लिनेहरूको संख्या बढेपछि सिन्धुपाल्चोकमा नियमित महाधिवेशन र फागुन २१ को निर्वाचन केन्द्रित हुन दुईतिहाई महाधिवेशन प्रतिनिधि भएका छन् ।
सिन्धुपाल्चोक नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला पर्छ । नेता बस्नेतले सिन्धुपाल्चोकमा दुईतिहाई महाधिवेशन प्रतिनिधिलाई रोकिदिएपछि अबैधानिक विशेष महाधिवेशनले सिन्धुपाल्चोकमा हावा खाएको छ ।
महामन्त्रीद्वय थापा र शर्माको अबैधानिक विशेष महाधिवेशनको नाममा हुन लागेको भेलामा सहभागी हुनेहरू अधिकांश महाधिवेशन प्रतिनिधिभन्दा पनि मतदान गर्न अधिकार नै नभएकाहरू आउने भएका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया