विशेष महाधिवेशन आजको आवश्यकता होइन, निर्वाचनका बेला कांग्रेसमा एकता हुनुपर्छ : नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनमा जानुपर्ने समयमा खैलाबैला गर्नु आवश्यक नभएको बताए । नेता सिटौलाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई नै कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् ।
‘‘आजसम्म जे परिस्थिति जे देखिएको छ, त्यो राम्रो मानिन्न । तथापि, हामी पार्टी एकताको पक्षमा लागि रहन्छौँ,’ उनले भने, ‘पक्षमा कति छन् विपक्षमा कति छन् त्यो अलग कुरा हो, विशेष महाधिवेशन आजको आवश्यकता होइन, आजको आवश्यकता पार्टीमा एकता देखाउने र निर्वाचनमा तयारीमा सबैले जुट्नु पर्ने बेला हो ।’
नेता सिटौलाले भने, ‘यस्तो बेलामा खैलाबैला गर्नु उचित छैन । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नु पार्टीको हितमा हुन्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया