गगन–विश्वको साथ दिएका ललितपुर कांग्रेसका सभापतिलाई झट्का, प्रवक्ता केसीद्वारा भ्रममा नपर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेस, ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक विशेष महाधिवेशनको समर्थनमा वक्तव्य जारी भएपछि प्रवक्ता सन्तोषराज केसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर प्रवक्ता केसी भने, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, ललितपुरका सभापति श्री जितेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षर गरि मिति २०८२/०९/२३ मा जारी विज्ञप्तिप्रति हाम्रो गँभीर ध्यानाकर्षण भएको छ ।’
ललितपुर कांग्रेसका जिल्ला सभापति श्रेष्ठ अबैधानिक विशेष महाधिवेशनका नाममा हुन लागेको काठमाडौंको भेलालाई समर्थन गर्दै वक्तव्य जारी गरेपछि प्रवक्ता केसीले विरोध गरेका हुन् । सभापति श्रेष्ठलाई प्रवक्ता केसीले काउन्टर जवाफ दिएका छन् । योसँगै ललितपुर कांग्रेस नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।
‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालयद्वारा मिति २०८२/०९/१८ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई उद्धृत गर्दै मिति २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तालिका प्रकाशित भइसकेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यालयको नाममा सभापतिको नामबाट जिल्ला कार्यसमितिको बैठक तथा पदाधिकारीसँग छलफलविना नै एकलढङ्गबाट अवैधानिक तवरले जारी विज्ञप्तिप्रति घोर आपत्ति प्रकट गर्दै उक्त विज्ञप्तिप्रति भ्रममा नपर्न सम्पूर्ण माहासमिति, महाधिवेशन, जिल्ला कार्य समिति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई दिग्भ्रमित नहुनका निमित्त नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्णमा, केन्द्रीय कार्य सम्पादन समितिबाट निर्णय भए बमोजिम हुने महाधिवेशनलाई सफल पार्न क्रियाशिल भई, २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा समेत सक्यतापूर्वक सरिक भई पार्टीका उम्मेदवारलाई विजयी गराउँन अनुरोध गर्दछौं,’ प्रवक्ता केसीले भने ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया