गगन–विश्वले अनुशासन उल्लंघनको गरेपछि सभापति देउवा र नेता डा.कोइरालाबीच गम्भीर समीक्षा
काठमाडौं । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्ने गरेर गतिविधि गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता डा.शेखर कोइरालाले भेट गरेका छन् ।
बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति देउवा र नेता डा.कोइरालाबीच भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माको कथित विशेष महाधिवेशनका विषयमा छलफल भएको हो । देउवा र डा.कोइरालाबीच विशेष महाधिवेशन रोक्ने विषयमा कसरी जान सकिन्छ भनेर छलफल भएको बुझिएको छ ।
सभापति देउवाले नेता डा.कोइरालालाई आफूले कार्यबाहक सभापतिको जिम्मेवारी दिसकेका कारण कार्यसमितिले मिलेर उचित निर्णय लिन नेता डा.कोइरालालाई सुझाव दिएका छन् । सभापति देउवाले पार्टी एकताका लागि आफू बाधक नहुने सन्देश नेता डा.कोइरालालाई दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया