पुस २७ गते पार्टी कार्यालय, सानेपामा कांग्रेसका तरुण, युवाहरूको भेला

काठमाडौं । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा पार्टी विभाजनको गतिविधिहरू भइरहेका बेला नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले पुसको २७ गते युवा भेला राखेका छन् ।

बिहीबार काठमाडौंमा संस्थापन पक्षका शीर्ष नेताहरूसँगको बैठकपछि पुस २७ गते पार्टी कार्यालय, सानेपामा युवाहरूको भेला राख्ने निर्णय भएको नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताए । उनले पुस २७ गते भ्रातृ संस्थाहरूले पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे युवाहरूको भेला राख्ने निर्णय गरेको बताए ।

युवा भेलाको संयोजन तरुण दलका अध्यक्ष गुरुङले गर्नेछन् । भ्रातृ संस्थाका प्रमुखहरूसँगको बैठकमा सभापति शेरबहादुर देउवासहित नेताहरू बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउत लगायतको सहभागिता थियो ।

यसैबीच, पुस २८ गते जिल्ला सभापतिहरूको भेला गर्ने तयारी भएको छ । जिल्ला सभापतिहरूको भेलाको समन्वय केन्द्रीय सदस्य जीतजंग बस्नेत तथा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा र बाग्लुङ कांग्रेसका सभापति जीतबहादुर शेरचनलाई दिइएको छ ।

Published : Thursday, 2026 January 8, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया