गगन–विश्वले अनुशासन उल्लंघन गरेपछि कांग्रेसले बोलायो कार्यसम्पादनको बैठक

काठमाडौं । पछिललो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ ।

बिहीबार पार्टी कार्यालय, सानेपामा चार बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ । बैठकमा उपस्थित हुन सदस्यहरूलाई आग्रह गरिएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।

महामन्त्रीद्वय गगनकुमार थापाले पार्टी विधान विपरीत विशेष महाधिवेशन बोलाउने गतिविधि गरेका छन् । थापा र शर्माले पार्टी विभाजनको तयारी गरेपछि सो विषयमा पनि बैठकमा छलफल हुने तयारी भएको बुझिएको छ ।

आवश्यक पर्दा कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा तथा साथ दिने नेताहरूलाई अनुशासनको कारबाही समेत गर्न सक्ने बुझिएको छ ।

Published : Thursday, 2026 January 8, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया