निधिलाई दुर्व्यवहार र पार्टी कार्यालयमा हमला गर्ने गगनका समर्थक बैंकको २ करोड लुटेर
काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय, सानेपाको मूल गेट अगाडि पुगेर महामन्त्री गगनकुमार थापाको समर्थनमा नेताहरूविरुद्ध दुर्व्यवहार गर्ने व्यक्ति राष्ट्रिय बैंकको रकम लुटेर कैद सजाय भोगेका व्यक्ति रहेको खुलासा भएको छ ।
मंगलबार पार्टी कार्यालय, सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री थापाका समर्थकहरूले नेता विमलेन्द्र निधि, सहमहामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य दीपक गिरी लगायतलाई दुर्व्यवहार गरेका थिए । नेता निधिलाई हातपातको प्रयास समेत भएको छ । भिडियोमा नेता निधिविरुद्ध गालीगलौज भएको छ ।
नुवाकोट बेलकोटगढी ७ का उनी कल्याण नेपाल रहेको खुलेको छ । नुवाकोट घर भएका पब्लिक युथ क्याम्पसका स्ववियु सभापति नविन पाण्डेले नेपालबारे आफ्नो फेसबुकमै लेखेका छन् ।
पार्टी कार्यालयमा भएको घटनाले आम कांग्रेस कार्यकर्तालाई मर्माहत तुल्याउनुका साथै लज्जित बनाएको कांग्रेसका नेताहरूले बताएका छन् । ‘एउटा लोकतान्त्रिक पार्टीभित्र विमति र विरोधका स्वरहरू रहनु स्वाभाविक भए पनि त्यसलाई प्रस्तुत गर्ने शैली नितान्त लोकतान्त्रिक र मर्यादित हुनैपर्छ,’ नेताहरूले सामाजिक सञ्जालमा भनेका छन् ।
‘यतिबेला पार्टीभित्र हुने हरेक गतिविधिलाई सिङ्गो राष्ट्रले गम्भीरतापूर्वक नियालिरहेको छ,’ नेताहरूले भनेका छन्, ‘यस्तो संवेदनशील अवस्थामा नियतवश नै पार्टीको छवि धुमिल हुने गरी गरिने उच्छृङ्खल गतिविधि जो कोहीका लागि पनि लज्जाको विषय हो ।’
नेता निधिलाई दुर्व्यवहार गर्ने महामन्त्री थापा निकटका व्यक्ति नुवाकोट जिल्लाको निवासी कल्याण नेपाल हुन् । उनले वि.सं. २०६२–६४ ताका काठमाडौंको विशालबजारस्थित राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड लुटेर धादिङको कल्भर्टमा पैसा लुकाई साइकलमा मलेखु पुगेका थिए ।
‘बैंक लुटेर कैद सजाय भोगेका साहसी पात्र कल्याण नेपालजस्ता व्यक्तिहरू आज पार्टीको मञ्चमा हावी हुन खोज्दैछन्,’ नेताहरूले भनेका छन्, ‘हिजो बैंक डकैतीको अभियोगमा जेल सजाय काटेर निस्किएका व्यक्तिले आज पार्टी कार्यालयमा उभिएर आदर्श, नीति र निष्ठाको प्रवचन दिनु समयको भद्दा मजाक बाहेक केही होइन ।’
‘म चाहन्छु म गलत हुनुपर्छ, दुःखको कुरा त के हो भने, केही कांग्रेसी मित्रहरू यस्तै आपराधिक पृष्ठभूमि र अस्थिर मति भएका व्यक्तिलाई मोहरा बनाएर नियोजित रूपमा अरूमाथि प्रहार गर्न तल्लीन हुनुले पार्टीको गरिमालाई नै गिज्याइरहेको छ,’ कांग्रेसका नेताहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया