अभिनेत्री कंगनाद्वारा फिल्म छायांकन शुरु
मुम्बई । बलिउड अभिनेत्री कंगना रनोट चलचित्र क्षेत्रमा फर्किएकी छन् ।
भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो । कंगना एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छिन् ।
निर्वाचनमा विजयी भएपछि चलचित्रमा नफर्कने घोषणा गरेकी कंगनाले आफ्नो वाचा तोडेकी छिन् । सोमबार उनले अगामी चलचित्र ‘भारत भाग्य विधाता’को छायांकन शुरु गरेकी छन् ।
कंगनाले भनेकी छिन्, ‘मणिकर्णिका फिल्म्सको सेटमा आएर राम्रो लागिरहेको छ ।’ चलचित्रको घोषणा २०२४ मै भएको थियो । चलचित्रको मुख्य भूमिकामा कंगना रहेकी छिन् ।
कंगनाको अन्तिम चलचित्र ‘इमरजेंसी’ हो । सन् ०२५ जनवरीमा प्रदर्शनमा आयो । चलचित्र नराम्रोसँग फ्लप भएको थियो ।
Published : Tuesday, 2026 January 6, 9:56 pm
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया