कांग्रेसको कार्यसम्पादन समिति बैठकको समय परिवर्तन
काठमाडौं । आन्तरिक गृहकार्य आवश्यक भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक आजै १ बजेसम्मका लागि स्थगित भएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पुष २२ गते मंगलबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बस्ने भनिएकोमा सो बैठक दिउँसो १ः०० बजे बस्ने भएको छ ।’
कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका विषयमा तालमेल गर्न एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सम्वाद अगाडि बढाएको छ । सो विषयमा निर्णय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ ।
Published : Tuesday, 2026 January 6, 9:07 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया