चुनाव अगाडि नागरिक सरकारको प्रस्ताव, रवि–बालेन–कुलमानको एकतामा मनमुटाव हुन्छ : मिराज ढुंगाना
काठमाडौं । संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाले रवि लामिछाने, कुलमान घिसिङ र बालेन्द्र साह (बालेन)बीच भएको सम्झौतामा प्रश्न उठाउँदै नागरिक सरकार गठनको प्रस्ताव गरेका छन् ।
शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै संयोजक ढुंगानाले अहिलेकै अवस्थामा चुनाव भए पनि बहुमत आउन नसक्ने र पुराना दलहरूसँग प्रतिस्पर्धा हुने जनाएका छन् ।
रवि, बालेन र कुलमानलाई प्रश्न गर्दै ढुंगानाले भने, ‘आधार देखाउन सक्नुहुँदैन भने, असम्भव, निर्वाचन पछिको निकास भनेर आशा नदेखाऊँ । आउनुस सँगै मिलेर नेपालमा नागरिक सरकार बनाऔं र संविधान संशोधन गरी नेपालीलाई न्याय दिएर मात्र निर्वाचनमा जाऔं ।’
उनले प्रश्न गर्दै भने, ‘रविजी र तपाईंको पार्टीले कति सिट निर्वाचनमा जित्ला सोंच्नु भएको छ ? के निर्वाचन पछि आन्दोलनको चाहाना अनुसार संविधान संशोधन होला ?’
‘जेनजी आन्दोलनको अपनत्व लिएर, जेनजीको माग निर्वाचन पछि पूरा गर्नुहुन्छ भनेर सम्झौता गर्नु भएको जस्तो देखिन्छ तर, त्यही निर्वाचन प्रणालीमा जहाँ समानुपातिक प्रणालीको दुरुपयोग व्यापक छ, हिजो सार्वजनिक भएको समानुपातिकको सूचीले तपाईंहरूले पनि त्यसै परम्परालाई निरन्तरता दिनु भएको जस्तो देखियो,’ ढुंगानाले भने, ‘यो निर्वाचन प्रणालीबाट देशलाई चाहिएको बदलाव साँच्चै पूरा होला जस्तो लाग्छ ?’
‘निर्वाचन धेरै भए, निकास कहिले पाइएन, जेन–जीको मुद्दा बोक्नु भएको छ, निर्वाचनमा सोंचेको जस्तो आधा वा १८४ सिट जित्न सक्नु हुन्छ होला ?’ जेनजी अगुवा ढुंगानले भने ।
‘पछिल्लो निर्वाचनमा रविजीको पार्टीले २१ सिट जितेको थियो, यो पाली १८४ सिट आउला ?’ उनले भने, ‘संविधान संशोधन गर्न राष्ट्रिय सभा अनिवार्य चाहिन्छ त्यसमा अहिले रास्वपाको १ जना पनि प्रतिनिधि हुनु हुन्न । देशको सहरी भागमा रास्वपाको संगठन पुणेको छ तर, दुर्गम गाउँ भागसम्म भने पुगेको छैन जहाँ अझै पुराना दलको दबदबा छ ।’
ढुंगनाले भने, ‘यसको मतलब हामी अझै ८–१० वर्ष केही गर्न
सक्दैनौ । यो कुराको समाधान निर्वाचनबाट कसरी हुन्छ सोंच्नु भएको छ ? कृपया बताइदिनुस्,’ ढुंगानाले भने ।
‘सायद योभन्दा देशले न्याय पाउने पक्का तरिका भनेको जनताका छोराछोरी, जनयुद्ध पछि भएको प्रक्रिया जस्ते सडक संसद भएर नागरिक सरकार गठन गरेर संविधान संशोधन गरी जाँदा कस्तो होला ? यसरी देशले निकास पाउने सुनिश्चित छ कृपया एक पटक सोंच्नु होला,’ जेनजी अगुवा ढुंगानाले भने ।
‘१८४ सिट जित्ने हामीलाई आधार र राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि नहुँदा, देशलाई न्याय दिन संविधान सुधार कसरी गर्न सकिन्छ भनिदिनु भयो भने, म सब कुरा छोडेर तपाईंहरूको चुनावी सहयोगमा लाग्छु,’ ढुंगानाले भने ।
‘तपाईहरुको एकता हतारमा भयो, मन, धारणा मिलेर भयो कि चुनावी हतारले हो त्यो प्रश्नले छ,’ ढुंगनाले भने, ‘मन मुटाव हुनु मान्छेमा हुने प्राकृतिक गुण हो, हतारको एकता यदि चुनाव पछि फुटने हो भने हामी जनता घरको न घाटको हुन्छौं ।’

बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया