अनुशासन विभागद्वारा गगन–विश्व समूहको गतिविधिमाथि निगरानी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्ने गरी गतिविधि गरिरहेका बेला केन्द्रीय अनुशासन विभागले निगरानी शुरु गरेको छ ।
पार्टीभित्र सल्लाह नै नगरेर थापा र शर्माले बिहीबार संयुक्त रुपमा सूचना प्रकाशित गरेर पुस २६ देखि २८ गते हुने भनिएको नियमित १५औं महाधिवेशनलाई स्थगित गरेका थिए । उनीहरूले विशेष महाधिवेशनका लागि भन्दै बिहीबार नै भृकुटीमण्डपमा हल बुक समेत गरेका थिए ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस पार्टी विभाजन गर्नका लागि गतिविधि गरेपछि अनुशासन विभागले निगरानी बढाएको हो ।
केन्द्रीय अनुशासन विभागको प्रमुख आनन्दप्रसाद ढुंगाना छन् । प्रमुख ढुंगानाले विशेष महाधिवेशनको नाममा भइरहेका गतिविधि र हर्कतलाई नजिकबाट नियाली रहेको विभागका सदस्यहरूले बताएका छन् । आवश्यक पर्दा पार्टी विधान विपरितका गतिविधि गर्नेलाई अनुशासनको कारबाही हुन सक्ने नेताहरूले बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्मासहितको समूहविरुद्ध अनुशासन विभागमा उजुरी आएमा अनुशासनको प्रचलित मापदण्ड र पार्टी विधानअनुसार कारबाही गर्ने तयारी छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया