लौकहीमा विजय साहको गोली हानेर हत्या

इटहरी । सुनसरीको कोशी गाउँपालिकामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

बिहीबार बिहान १ बजे लौकहीको पुरी टोलमा कोशी गाउँपालिका वडा नं. १ का ४५ वर्षीय विजय साहको हत्या भएको हो ।

साहको हत्या भएपछि स्थानीयले त्यस क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारी आफन्तहरूको रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

खड्काका अनुसार घटनास्थलबाट २ वटा गोलीको खोका फेला परेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनास्थल सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको रहेको छ ।

Published : Thursday, 2026 January 1, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया