एमडीआरटीमा आईएमई लाइफ ईन्स्योरेन्सले ईतिहाँस रच्न सफल

काठमाडौं । आईएमई लाइफ ईन्स्योरेन्सले ७० भन्दा धेरै एमडीआरटी निकाल्न सफल भएको छ ।

गत वर्ष आईएमई लाइफ ईन्स्योरेन्स ४४ जना एमडीआरटी निकालेको थियो । यस वर्ष आईएमईले हालसम्मकै धेरै अर्थात् दोब्बदर एमडीआरटी निकाल्न निकाल्न लागेको हो ।

आईएमई लाइफ ईन्स्योरेन्सले कम्पनीको समयसापेक्ष बजार नीतिका कारणले सम्पूर्ण अभिकर्ताहरू उत्प्रेरित भएका कारण नै अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरूले एमडीआरटी उपलब्धि हासिल गरेका छन् ।

एमडीआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडीआरटी एक विदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल छन् । यसको प्रधान कार्यालय अमेरिकामा छभने यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरू सहभागी हुन पाउँछन् ।

एमडीआरटीमा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउने व्यवस्था छ ।

Published : Wednesday, 2025 December 31, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया