बागलुङका व्यक्तिलाई प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्तिलाई युएईबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङको बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवर दीनलाई पक्राउ गरेर ल्याइएको प्रहरीद्वारा आइतबार जारी प्रेस नोटमा उल्लेख छ ।

एनसीबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका जावेदलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको प्रेस नोटमा उल्लेख छ ।

फरार रहेका जावेदलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते जावेदविरूद्ध रेड नोटिस जारी भएको थियो ।

जावेदलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Published : Monday, 2025 December 29, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया