पर्सा प्रहरीद्वारा साढे २ सय किलो चरेस बरामद, दुई व्यक्ति पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जको जगरनाथपुर ढाटस्थित सडखणडबाट प्रहरीले २४० किलो चरेस बरामद गरेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीपराज पाठकले बताए ।
मकवानपुरदेखि आईसिपीतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको क्याबिनमाथि फल्स बनाई लुकाई छिपाई राखेको अवस्थामा ट्रक र चरेससहित २ जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी पाठकले जानकारी दिएका छन् ।
मकवानपुरको थाहा नगरपालिका वडा नं. ११ बस्ने वर्ष २९ का सरोज मोक्तान र सोही वडाका नवराज लोलाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुरबाट खटिएको प्रहरी टोलीले सवारीसाधनको चेकजाँच क्रममा चरेस बरामद गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया