लमहीमा सुन पसल लुट्न गोली चलाउने के.सी. पक्राउ
लमही । जिल्ला प्रहरी कार्यालय, दाङले सुन चोरीमा संलग्न रहेको अभियोगमा ३३ वर्षीय लेखराज के.सी.लाई पक्राउ गरेको छ ।
मंसिर २० गते लमही बजारमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गरेको अभियोगमा के.सी.लाई पक्राउ गरिएको प्रहरीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ काभ्रे बस्ने के.सी.लाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
के.सी.लाई शुक्रबार बिहान ७ बजे राजपुर गाउँपालिका वडा नं. १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
के.सी.लाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिएका छन् ।
गोली चलाउने व्यक्ति भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भागेका कैदी रहेको खुलेको छ । उनी लागुऔषध मुद्दामा दोषी ठहर भई तुलसीपुर करागारमा कैद भुक्तान गरिरहेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया