हुम्ला कांग्रेसद्वारा रंगमती, जीवनसहितका नेताहरूको नाम सिफारिस
हुम्ला । नेपाली कांग्रेस, हुम्लाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको सम्भावित नामहरू सर्वसम्मत निर्णय गरेर सिफारिस गरेको छ ।
हुम्ला कांग्रेस, संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जीवनबहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सिफारिस भएको छ ।
जीवनबहादुर शाही पूर्वमन्त्री तथा कर्णाली प्रदेशका पूर्व मख्यमन्त्री हुन् । जीनबहादुर शाही हाल कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेता समेत छन् । जीवनबहादुर शाहीको नाम सिफारिस गर्न कांग्रेस हुम्लाका तल्लो तहले समेत आग्रह गरेका छन् ।
जयपति रोकाया पूर्व पार्टी सभापति हुन् । रीता शाही समानुपातिकतर्फकी पूर्वसांसद हुन् । प्रतिनिधि सभा समानुपातिकतर्फ ताराबहादुर लामा, बलबहादुर लामा र रम्भा शाहीको नाम सिफारिस भएको छ ।
राष्ट्रिय सभातर्फ खुल्लामा पदमबहादुर लामा र महिलातर्फ रंगमती शाही र सविता बुढाको नाम सिफारिस गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया