राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गर्ने २ कर्मचारीलाई सीआईबीद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
आइबार सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा विभागका कर्मचारी २८ वर्षीय सुनितप्रभाग रेग्मी र २८ का आशिषबाबु कुमाललाई पक्राउ गरिएको छ । पक्राउ परेका रेग्मी सुनसरीको छिटाहा घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका ३ बस्दै आएका थिए । कुमाल गोरखाको गोरखा नगरपालिका वडा नं. १० घर भइ हाल ललितपुर महानगरपालिकाको वडा नं. १३ बस्दै आएका थिए ।
रेग्मी र कुमाल विभगको विवरण दर्ता अपरेटरको रुपमा कार्यरत रहेका थिए । उनीहरूले विवरण दर्ताको यूजर आईडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिको विवरण हेरफेर गरेका थिए ।
मंसिर २७ गतेपक्राउ परेका रेग्मी र कुमाललाई काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि सीआईबीले पाँच दिनको म्याद लिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया