संसदको अर्थ समितिका तत्कालीन सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले प्रतिनिधिसभाको अर्थ समितिका तत्कालीन सभापति समेत रहेका चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४६१ रुपियाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चालिसे काठमाडौं–३ बाट निर्वाचित भएका थिए । २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।
Published : Sunday, 2025 December 14, 6:37 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया