वीरगञ्जमा ठूलो परिमाणमा लागुऔषधसहित ४ जना गिरफ्ता
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ७६ हजार १ सय ७० पिस क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमार्फत जनाएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले मंसिर २३ गते साँझ लागुऔषध बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमाचोकस्थित टिकट काटने काउन्टर अगाडि रोकिएको सार्वजनिक बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको ईभी गाडीलाई जाँच गर्दा चार जना व्यक्तिहरूलाई रातो र गुलाबी रंगको सुटकेशभित्र लुकाइ छिपाइ राखिएको लागुऔषधसहित नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने वर्ष २० को युवराज पटेललाई लागुऔषध लुकाइ छिपाई राखिएको अवस्थामा पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवा बस्ने वर्ष २१ का अफजल देवान, धादिङको बेनीघाट रोराड गाउँपालिका वडा नं.६ बस्ने वर्ष १९ का रामहरि मगर, धादिङको सिदलेख गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ का राजकुमार मगराती पक्राउ परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया