समाजसेवाको बहानामा करोडौं उठाएरको धुर्मुस–सुन्तली अमेरिकी भिसा लिएर टाप कसेको स्वीकार
काठमाडौं । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली)ले अमेरिकाको भिसा लिएर अमेरिका प्रस्थान गरेको खुलासा भएको छ ।
समाज सेवाको बहाना बनाएर ‘धुर्मुस सुन्तली फाउण्डेशन’का नाममा नेपाली जनतासँग करोडौं रकम उठाएको यो जोडीले एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड लिएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत सीताराम कट्टेलले एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड लिएर अमेरिका आएको स्वीकार गरेका छन् । उनले छोरीको उपचारका लागि एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड लिएको भनेर दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि मरता क्या नहीँ करता भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरूका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो ।’
स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएको बताउँदै सीताराम कट्टेलले भने, ‘आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं ।’
‘गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुञ्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । आएकै एक महिनामा म रंगशालाको कामले सिंहदरबार धाउन फर्किए,’ सीताराम कट्टेलले भने ।
सीताराम कट्टेलले आफूहरू अमेरिका भागेर नआएको दाबी गरेका छन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चितवनको क्रिकेट रंगशाला बनाउन करोडौं रकम उठाएर रंगशाला अलपत्र पारेर फरार भएको भन्ने आरोप लागेपछि सीताराम कट्टेलले सामाजिक सञ्जालबाट आफूहरू नभागेको छोरीको उपचार गर्न आएको र एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड लिएको बताएका छन् ।
‘हामी अमेरिका आएको विषयलाई लिएर भ्रामक प्रचारवाजी र हल्लाको व्यापार पनि शुरु भइसकेछ । जुन कुरा हामी सार्वजनिक गर्ने नै थियौँ,’ सीताराम कट्टेलले भने, ‘न त हामीले अमेरिकामा कुनै व्यवसाय शुरु गरेको छौं, न त कुनै लगानी नै छ । भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुवाहेक हामीसंग अरु कुनै शब्द छैन । अतः भ्रामक प्रचारवाजी र हल्लाको पछि नलागी दिनुहुन सबैलाई बिनम्र अनुरोध गर्दछौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया