चलचित्र ‘परिवर्तन’को गीत जर्सिङ पौवामा छायाँकन, माघ १६ मा रिलिज
काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’को धमाधम काठमाडौंको जर्सिङ पौवामा छायाँकन भइरहेको छ ।
एस.डी. योगी र रेश्मा पुनको आवाज रहेको गीत ‘पाकेको चिउरी’को भिडियो शूटिङ भइरहेको हो । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीलाई नृत्य निर्देशक रामजी लामिछाने गीतमा नृत्य गराएका छन् । क्यामेरामेन शिव ढकाल हुन् ।
छायाँकन भइरहेको गीतलाई मौसम अर्यालले लेखेका हुन् । संगीत गायक एस.डी. योगीकै रहेको छ ।
दीव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ, अभिनेत्री अञ्जना बराईलीका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भूमिका रहेको छ ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको चलचित्रलाई विजय केरूङले निर्देशन गरेका छन् । दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एस.डी. योगीको संगीत रहने चलचित्रमा द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया