नक्कल गर्दा गर्दै अभिनेत्री भएँ : विनिता कार्की

काठमाडौं । विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गरेकी कलाकार हुन् विनिता कार्की । उनी मोडलिङ गर्दै नेपाली फिल्ममा प्रवेश गरेकी हुन् । यहि मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ हलमा लाग्दैछ । यसको प्रचारप्रसारका लागि उनी नेपाल आइपुगेकी छिन् । उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्नेछ ।

सानो छँदा सुपरस्टार रेखा थापा, झरना थापा, निरुता सिंहको अभिनय र डान्स हेरेर हुर्किएकी उनको सपना अभिनेत्री बन्ने थियो । फिल्म ‘पीआर’मा विनिताले मुख्य भूमिकामा अभिनय गरेकी छिन् ।

उनी यो फिल्म सक्सेस भएको खण्डमा नेपालमा नै बसेर अभिनय यात्रालाई अगाडि बढाउने सोंचमा छिन् । फिल्मको गीत र ट्रेलरले राम्रै चर्चा पाइरहेको अवस्थामा उनी यो फिल्मले दर्शकको मन जित्नेमा ढुक्क देखिन्छिन् ।

फिल्म ‘पीआर’मा विनिताले जोडिएको विषय स्मरण गर्दै भनिन्, ‘म चाहीँ फेसबुकमार्फत जोडिएको हो । फेसबुकमा चाहीँ मलाई एक जना दिदीले मेन्सन गरिदिनुभएको थियो । उहाँले गरिदिनुभएको मेन्सनकै आधारमा यो फिल्मसम्म आइपुगेको हो । यो फिल्मको अडिसन चल्दैछ भन्ने कुरा थाहा पाएपछि म अडिसनका लागि गएँ । अडिसनमा मलाई तिमी सेलेक्सट भयौं भन्नुभयो । उहाँहरूले फिल्ममा खेलाई हाल्छौँ भन्ने कुरा गर्नुभएन । सेलेक्ट भए पनि अझैँ हामी इन्टरभ्यु लिन्छौँ भन्नुभयो । अनि थाहा हुन्छ कि तिमीले फिल्ममा अभिनय गर्न सक्छाँै भन्दैनौ भन्ने कुरा निर्देशकले भनेपछि, मैले ईन्टरभ्यु पनि दिएँ । त्यसमा पास भएपछि बल्ल यो फिल्ममा काम गर्न पाएको हो ।’

Published : Monday, 2025 December 8, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया