ब्यूरोद्वारा जितपुरफेदीबाट कुलबहादुर तामाङलाई लागुऔषधसहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण (ब्यूरो), कोटेश्वर, काठमाडौंले लागुऔषध खैरो हेरोईन २२३ ग्रामसहित कुलबहादुर तामाङलाई पक्राउ गरेको छ ।
खैरो हेरोईन बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएका प्रहरी टोलीले मंसिर १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ६ जितपुरफेदीबाट नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं. २ वतन भएका कुलबहादुर तामाङलाई उनकै डेरा कोठाबाट लागुऔषध खैरो हेरोईन २२३ ग्राम र डिजिटल तराजुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादी कुलबहादुर तामाङ उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।
Published : Tuesday, 2025 December 2, 11:40 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया