झण्डै २० करोडको क्रिप्टो कारोबारी काठमाडौंबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ करोड ८१ लाखभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ११ भद्रकालीबाट प्रहरीले मोहम्मद सेफलाई पक्राउ गरेको एसपी पवन भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

मोहम्मद सेफबाट प्रहरीले दुई वटा मोबाइल बरामद गरेको छ । मोबाइलमा १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपियाँभन्दा बढी बराबरको क्रिप्टोको कारोबार गरेको फेला पारेको छ ।

मोहम्मद सेफमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Published : Thursday, 2025 November 27, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया