आलोचना सहन नसक्ने एलिनाको ओरालो बाटो, क्रिकेटमा समेत विवादित बनिन्

काठमाडौं । असम्बन्धित क्षेत्रमा समेत टिकाटिप्पणी गर्ने र छिटो प्रतिक्रिया दिएर भाइरल बन्दै आएकी गायिका एलिना चौहान निकै विवादमा पर्न थालेकी छिन् ।

एलिनाले आफ्नो सार्वजनिक जीवनका बारेमा कसैले चासो र चिन्ता राख्दा समेत चिढिएर प्रतिक्रिया दिने गरेको आरोप छ । एलिना सार्वजनिक व्यक्तित्व हुन् । उनको विषयमा दर्शक, स्रोताले चासो र चिन्ता राख्नु स्वभाविक हो । एलिनाका बारेमा चासो राख्ने क्रममा शुभेच्छुकहरूले व्यक्तिगत गोपनीयतामा पनि ध्यान पक्कै पनि दिनुपर्छ ।

एलिनाले कुन ठाउँमा के बोल्ने ? के गर्ने ? के नगर्ने ? त्यो विषयमा ध्यान दिनुपर्छ । गायिका हुँ भन्दैमा एलिनाले अन्य व्यक्तिहरूको विषयमा सामाजिक सञ्जाल वा सार्वजनिक मिडियामा भताभुङ्ग हुने गरेर अभिव्यक्ति दिनु हुँदैन । अन्याय परेको छभने एलिनाले कानूनी रुपमा अगाडि बढ्ने छुट छ ।

एलिनाले केही दिन अगाडि अमेरिका भ्रमणका विषयमा केही व्यक्तिहरूविरुद्ध तथानाम अभिव्यक्ति दिइन् । ती व्यक्तिहरूका बारेमा भन्दा पनि एलिनाका विषयमा धेरै प्रश्न उठेका थिए । आफ्नो सार्वजनिक जीवनको गरिमा र महत्व बुझ्न नसकेकी गायिका एलिनाले आगामी दिनमा पनि विवादमा पर्ने सम्भावना निकै छन् । उनले आफूलाई समयमा सच्याउनुपर्छ । होइन भने हरेक ठाउँमा एलिनालाई क्रमशः काम कम दिने समय नआउला भन्न सकिदैन । अब अमेरिका वा अन्य देशमा एलिनालाई कार्यक्रममा आयोजकले लैजानु पर्दा १० पटकसम्म सोँच्नुपर्ने बाध्यता अमेरिका काण्डले गराइदिएको छ । यही व्यवहारका कारण स्वदेशका कार्यक्रमहरूमा पनि एलिनाको माग घट्न थालेको छ ।

धेरै विवादमा आउन थालेपछि गायिका एलिनासँग काम गर्न सहकार्य गर्न चाहनेहरू पनि झस्किन थालेका छन् । छिटो रिसाउने, सामाजिक सञ्जाल र मिडियाहरूमा छिटो प्रतिक्रिया दिएर आक्रोश पोख्दै आएकी एलिनालाई उनको यो व्यवहारले समस्या पार्दै लैजाने पक्का छ ।

गायिकाहरू ज्योति मगर, समीक्षा अधिकारी, रचना रिमाल लगायत छन् । उनीहरूमा एलिना जस्तो विवादमा आउँदैनन् । उनीहरूले पनि प्रतिक्रिया र टिकाटिप्पणी दिइरहेका हुन्छन् । उनीहरूका टिकाटिप्पणी र प्रतिक्रियाहरू सभ्य छन् । आलोचनालाई रचनात्मक रुपमा लिएर सुध्रिने प्रयास गरेकै कारण उनीहरूमा विवादमा छैनन् ।

यसैबीच, गायिका एलिनाले एनपीएल क्रिकेटमा समेत प्रतिक्रिया दिएर आलोचनाको सामना गरिरनु परेको छ । फेसबुकमा गायिका एलिनाले लेखेकी छिन्, ‘एनपीएलमा खेल हारेर २० लाखको आरोप लगाउँदै चरित्रहत्यामा उत्रिनु जनकपुरका समर्थकको गलत कदम हो । खेल मैदानको नतिजालाई व्यक्तिगत आक्रमण बनाउन मिल्दैन । फ्यानको नाममा आराजकता देखाउने आराजकलाई कानूनी सजाय दिन सकियो भने मात्रै खेलको मर्यादा जोगिन्छ ।’

गायिका एलिनाले राष्ट्रियस्तरको प्रतियोगितामा कुनै पनि टिमको पक्ष लिनु हुँदैन थियो । तर, उनले कुनै एक टिमको समर्थन गरेकी छिन् । उनको यस्तै व्यवहारका कारण आलोचना हुने गरेका छन् । गायिका एलिनाको स्वर मन पराउनेहरूले उनको समर्थन नगरेको टिमको समर्थक हुनु सक्छन् । यो कुरा एलिनाले चत्रक्कै भुलेकी छिन् ।

Published : Wednesday, 2025 November 26, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया