चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ले प्रदर्शन मिति सार्वजनिक गरेको छ ।
‘स्त्री’ फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । मिति घोषणासंगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ । पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन् ।
रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन् ।
सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रीता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन् । जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो ।
सामाजिक कथामा तयार भइरहेको ‘स्त्री’ चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन् । बालकलाकार दीप्सन चिलवाल पनि फिल्ममा देखिनेछन् ।
निर्माता समिर राईका अनुसार चलचित्रको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ । नारी केन्द्रित कथामा बनेको ‘स्त्री’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया