ठूलो परिमाणको सुन, चाँदीका गरगहनासहित पर्सामा नेपाल र भारतका चोरहरू पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले चोरीका गरगहनाहरू तथा नगदसहित एक नेपाली र तीन भारतीयलाई पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा बुधबार वडा प्रहरी कार्यालय, श्रीपुरबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ३२ स्थित जितपुरबाट मिलनचोकतर्फ जाँदै गरेको भारत बिहार जिल्ला वेतीया थाना बल्थर सरकिला बस्ने वर्ष ३३ को विजय रायले चलाई ल्याएको लु.९६ ५ ३७३३ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा चोरीका गरगहनाहरू बरामद भएका हुन् ।
सो स्कुटीमा पछाडि सवार भारतको बिहार जिल्ला वेतीया थाना बल्थर सरकिला बस्ने वर्ष ६० शेख बुनादले लगाएको पाइन्टको दाहिने खल्तीबाट सेतो रंगको रूमालमा सेतो रंगको कागजभित्र बिल बिजक नरहेको सुन जस्तो धातु तथा चाँदी जस्तो देखिने धातुले बनेका गरगहनाहरू सहित नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीप पाठकले बताए ।
प्रारम्भीक अनुसन्धानका क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.३२ टेढा मुसहरटोल बस्ने वर्ष २० का विद्याकुमार नटको घरमा खानतलासी गरेर छतीस लाख सत्तरी हजार एकाउन्न रुपियाँ बराबरका गरगहना फेला परिएको एसपी पाठकले बताए ।
गरगहनाहरू तथा नगद सहित उक्त गैर कानूनी कार्यमा संलग्न चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा भारतको बिहार जिल्ला वेतीया बल्थर थाना सरकिला बस्ने वर्ष ३३ को विजय राय, भारतको बिहार जिल्ला वेतीया बल्थर थाना सरकिला बस्ने वर्ष ६० को शेख बुनाद, भारतको बिहार जिल्ला वेतीया गबनाहा थाना आरा पिपरा बस्ने वर्ष ३१ को विनोद राउत र पर्साको वीरगञ्ज वडा नं.३२ टेढा बस्ने वर्ष २० को विद्याकुमार नट रहेका छन् ।
उनीहरूको साथबाट बरामद सुन चाँदी जस्तो देखिने धातुले बनेका गहनाहरूमा चाँदीका वाला ४ थान, सुनको सिक्री ११ थान, चाँदीका पाउजो १० थान, सुनको झुम्का २ थान, चाँदीका सिक्का २ थान, सुनको नथिया ३ थान, सुनको माँगटिका २ थान, चाँदीका बिछिया ८ थान, सुनको पोतो सहित जडान माला २ थान, चाँदीका हथशंकर २ थान, सुनको लेखेको लकेट १ थान, सुन चाँदी तौल गर्ने तराजु १ थान र ढक्कहरू, सुनको औठी १ थान बरामद भएको छ ।
उनीहरूको साथबाट नेपाली रुपियाँ ३ लाख ७९ हजार र भारतीय नगद पियाँ ९२ हजार १ रुपियाँ पनि बरामद भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया