जेनजी आन्दोलनमा जेलबाट भागेका व्यक्ति खैरो हेरोईनसहित पक्राउ
काठमाडौं । लागुऔषध खैरो हेरोईन बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण, ब्यूरोद्वारा लागुऔषध सहित मानिस एकजनालाई पक्राउ गरेको छ ।
कार्तिक २८ गते लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. २ वतन भएका वर्ष ४१ का जंगबहादुर राईलाई ललितपुर महानगरपालिका वडा नं. २४ नागदहस्थित डेरा कोठाबाट लागुऔषध खैरो हेरोईन २८० ग्रामसहित पक्राउ गरिएको मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
थप अनुसन्धानको क्रममा भदौ १७ गते लागुऔषध खैरो हेरोईन (१४२ ग्राम) सहित पक्राउ परेकोमा राईलाई काठमाडौं जिल्ला अदालतबाट १५ वर्ष कैद र पाँच लाख जरिवाना ठहर भई जगन्नाथदेवल कारागार, काठमाडौंमा कैद सजाँय भुक्तानको क्रममा जेनजी आन्दोलनको समयमा भदौ २४ गते भागी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका राई उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया