जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ ।

नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको लागि जनकपुर बोल्ट्स क्रिकेट क्लवले होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्सलाई आधिकारिक ट्राभल पार्टनरमा नियुक्त गरेको हो ।

दुई संस्थाका प्रमुखबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक रोहित कार्कीका अनुसार जनकपुर बोल्ट्स क्रिकेट क्लवलाई आवश्यक पर्ने ट्राभलसम्बन्ध सबै काम आफूहरूले गर्ने बताएका छन् ।

पर्यटनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको होलिडे ट्रिप नेपालले प्रतिष्ठित व्यापारिक घरानाहरूसँग सहकार्यमा काम गर्दै आएको छ । नेपाली सेनादेखि विभिन्न सरकारी निकाय र कार्यालयहरूसँग पनि ट्राभलसम्बन्धी काम गरेको अनुभव होलिडे ट्रिप नेपालसँग रहेको छ ।

Published : Sunday, 2025 November 16, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया