महामन्त्रीद्वय गगन–विश्वको कीर्ते काण्ड, काठमाडौंका भट्टराईले पनि लिए फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य ऋषभ भट्टराईले विशेष महाधिवेशनका लागि भन्दै गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।

बिहीबार काठमाडौं कांग्रेसका सभापतिलाई सम्बोधन गरेर भट्टराईले हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । उनले भने, ‘उपरोक्त सम्बन्धमा मैले विशेष महाधिवेशनका लागि केही दिन पहिला गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी गराउँछु ।’

नेपाली कांग्रेस, काठमाडौंबाट महासमिति सदस्य बनेका भट्टराईले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि करकाप, प्रलोभन र दवावमा पारेर हस्ताक्षर गराएको खुलेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले कथित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराएको भनेर दाबी गरेका छन् । ती हस्ताक्षरको सनाखत गर्नुपर्ने माग उठेको छ ।

Published : Friday, 2025 November 14, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया