नगरकोटमा बागमती कांग्रेस र संसदीय दलको संयुक्त बैठक, पछिल्लो राजनीतिबारे निर्णय हुने
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश, संसदीय दल र बागमती कांग्रेस कार्यसमितिको संयुक्त बैठक भक्तपुरमा बस्न लागेको छ ।
शुक्रबार र शनिबार दुई दिन संयुक्त बैठक बस्नेछ । कात्तिक २८ गते १२ बजेबाट संयुक्त बैठक शुरु हुने संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले बताएका छन् । बैठक शनिबार दिउँसो १ बजे सम्पन्न हुनेछ ।
बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सदस्य सचिव महर्जनका अनुसार संयुक्त बैठकमा समसामयिक राजनीतिक अवस्था, प्रतिनिधि सभाको आगामी निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
भक्तपुरको नगरकोटमा रहेको होटल चौतारीमा बैठक बस्नु अगाडि शुक्रबार बिहान ११ बजे शंखधर चोक, ठिमी भक्तपुरमा भेला भइ सामूहिक रुपमा नगरकोट प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव महर्जनले बताए ।
संयुक्त बैठकका लागि बागमती कांग्रेसका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता एवम् सभापति ईन्द्रबहादुर बानियाँ लगायतका नेता र सांसदहरू नगरकोट पुगेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया