रानीपोखरीमा एआईजीपी कार्कीको विदाइ
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजीपी) दानबहादुर कार्कीको विदाइ भएको छ ।
बुधबार रानीपोखरीस्थित कार्यालयमा एआईजीपी कार्कीको विदाइ भएको हो । विदाइमा कार्कीलाई सिपाहीदेखि डीआईजीपीसम्मका प्रहरी कर्मचारीहरूले भावी कार्यकालको शुभकामनासहित विदाइ गरेका छन् ।
कात्तिक २४ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार २०८२÷०७÷२७ गतेबाट लागू हुने गरी एआईजीपी कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)का रुपमा नियुक्त भएका छन् ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको छोटो बसाइँ र कार्यकालमा सहयोग गर्ने कार्यालय सहयोगीदेखि मातहतका सबै उच्च तहका प्रहरी कर्मचारीहरूलाई कार्कीले धन्यवाद दिएका छन् ।
Published : Wednesday, 2025 November 12, 4:17 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया