गगन-विश्व समूहको कीर्ते हस्ताक्षरले कांग्रेस विभाजन गर्न सक्ने डा.शेखर कोइरालाको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले नियमित वा विशेष महशाधिवेशनको बारेमा पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिए । उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको डा.कोइरालाले बताएका छन् ।
नेता डा.कोइरालाले सोही हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको बताए । केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने उनले बताएका छन् ।
बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशन सम्बन्धी निर्णय लिनुपर्ने डा.कोइरालाले बताए ।
पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको नेता डा.कोइरालाले बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै कथित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराएको भनेर दाबी गरिरहेका छन् । उनीहरूले गराएको हस्ताक्षर अधिकांश कीर्ते र नक्कली रहेको भन्दै नेताहरूले सनाखतको माग गरिरहेका छन् ।
महामन्त्री थापाले हस्ताक्षर सनाखत गराउन चाहेका छैनन् । बरु कांग्रेस विभिजन गर्न परे पछाडि नहट्नेसम्मको तयारी महामन्त्री थापाको रहेको नेता डा.कोइरालाको पछिल्लो अभिव्यक्तिले संकेत गरेको छ ।
केही दिन अगाडि बसेको पदाधिकारी बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि बुझाइएको हस्ताक्षरको सनाखत गर्ने प्रस्ताव राखेका थिए । खड्काको प्रस्तावपछि रिसाएका महामन्त्री थापाले मलाई कांग्रेसमा नबस भन्न खोज्नु भएको हो ? भनेर प्रश्न गरेका थिए । महामन्त्री थापाका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू कांग्रेसलाई एकजुट बनाउने भन्दा पनि विभाजनतिर लैजाने खालका देखिएको आरोप लागिरहेका बेला नेता डा.कोइरालाले हस्ताक्षरको सनाखत भयो भने कांग्रेस विभाजन हुने चेतावनी दिएर गम्भीर समस्या आएको संकेत गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया